लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्धारा अपांगलाई खाना बितरण
गैडाकोट । लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकी द्धारा गैडाकोटका अपांगलाई खाना बितरण गरेको छ ।
लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीले सामाजिक सेवा अन्तर्गत आईतवार बिहान अपांग जिवन विकास सस्था गैडाकोट १ मा रहेका फरक क्षमता भएका ब्यक्तिलाई खाना खुवाएको छ।
कार्यक्रममा लायन्स डिस्ट्रिक्ट एजुकेटिप चिफ देशबन्धु सिग्देलले क्लबले निरन्तर गरेका सामाजिक कामहरुले क्लबलाई उचाईमा पु¥याएको बताउनुभयो ।
कलस्टर ६ का कलस्टर चिफ कृष्ण रिजालले क्लबले गरेको सेवाको कार्यले नै क्लबको भाषा बोलेको बताउनु भयो । रिजालले भन्नुभयो “ सेवाका कामहरु ,हङ्गर रिलिफ, बाताबरण,क्लबले यो बर्ष अघि सारेका कामहरुलाई अगाडि बढाउनु होला ।“

जोन चियर पर्सन एवं कार्यक्रमका सयोजक टंक प्रसाद चापागाइले हङ्गर रिलिफ भनेको भोकमा गुज्रीरहेका मानिसहरुलाई सहयोग गर्नु ,मानबसेवाको सन्देश समाजमा पु¥याउनु भएको बताउनु भयो । सयोजक चापागाइले क्लबले ८ वटा बिधामा रहेर सामाजिक कार्यक्रम गदै आएको बताउनु भयो।
लायन्स क्लब अफ गैडाकोट कालीगण्डकी वर्ष २०२६–२७ का अध्यक्ष देवीप्रसाद गौतम(मदन)ले भन्नु भयो “ सामाजिक सेवा अन्र्तगत क्लबले आज फरक क्षमता भएका ब्यक्तिलाई खाना खुवाएको छ, उनिहरुमा खुशी छाएको छ ,त्यो नै सामाजिक सेवाको आत्म सन्तुष्ठी हो।“ अध्यक्ष गौतमले क्लबले यस प्रकारका मानव सेवा कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा रिजन चियर पर्सन भुमा पुन ,क्लबका पुर्व अध्यक्ष एवं मिडिया कोअर्डिनेटर कृष्ण कँडेल, पुर्व अध्यक्ष रमेश ढकाल, प्रथम उपाध्यक्ष सञ्जय बन्जरा ,कोषाध्यक्ष ध्रुवप्रसाद अधिकारी, क्लबका सदस्य भिम पौडेल, लक्ष्मण चापागाइर्, अपांग जिवन विकास सस्थाका सञ्चालक बालकृष्ण सापकोटा,गणेश सापकोटा लगायतको उपस्थिती रहेको छ।
लायन्स क्लब अफ गैडाकोट कालीगण्डकी वर्ष २०२६/२७ का अध्यक्ष देवीप्रसाद गौतम (मदन)को अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण क्लबका द्वितीय उपाध्यक्ष चिन्तामणि खनालले गर्नु भएको हो ।
लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीले व्हीलचेयर वितरण, न्यानो कपडा वितरण, स्टेस्नरी वितरण, आखा शिविर,स्वास्थ्य शिविर,बृक्षारोपण लगायत सामाजिक कार्यहरु गर्दै आइरहेको छ।