गैँडाकोटबाट एम्स एब्रोड एजुकेसनको स्तरीय शैक्षिक परामर्श सेवा
अत्याधुनिक कार्यालय सञ्चालनमा
गैडाकोट । शैक्षिक क्षेत्रमा काम गर्दै आएको एम्स एब्रोड एजुकेसनले गैंडाकोटबाट आफ्नो सेवालाई थप स्तरीय बनाउने उद्देश्यका साथ नयाँ कार्यालयको समुद्घाटन गरिएको हो । चितवनमा सञ्चालन गर्दै आएको संस्थाको मुख्य कार्यालय अब गैडाकोट कालीगण्डकी चोकमा रहेको कार्यालयबाट बृहत र परिस्कृत रुपमा सञ्चालन गर्नेे भएको छ । नयाँ व्यवस्थापन सहित सम्पूर्ण मुख्य प्रशासनिक तथा परामर्श सेवा गैंडाकोटबाटै सञ्चालन हुनेछ।
गैंडाकोट वडा नम्बर ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले शैक्षिक परामर्शदाताको रुपमा काम गर्ने एम्स एब्रोर्ड एजुकेसनले बिदेश पढ्न जाने विद्यार्थीहरुलाई विद्र्यार्थीको क्षमता अनुसार राम्रो परामर्श सेवा दिन आग्रह गर्नुभयो ।
जिल्ला उद्योग बाणिज्य संघ गैडाकोटका वरिष्ठ उपाध्यक्ष छवि कँडेलले छिमेकि राष्ट्र भारत, बंगलादेशमा पनि पछिल्लो दिनहरुमा शिक्षाको हब बन्दै गएकोले त्यता जाने विद्यार्थीहरुलाई पनि परामर्श गर्न सकिने बताउनुभयो ।
इक्यान चितवनका पूर्ब अध्यक्ष समुन्द्र अर्यालले एजुकेशन कन्सल्टेन्सीलाई सरकारले बोक्न नसक्ने गरि भारी बोकाउन लाएको बताउनुभयो । इक्यान चितवन उपाध्यक्ष एवं कनेक्ट एजुकेशनका प्रबन्ध निर्देशक मेघराज कंडेलले भन्नुभयो ,“सरकारले एजुकेशन कन्सल्टेन्सीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ । यसले सिन्डीकेट जन्माउने आशंका बढाएको छ । ”

एम्स एर्बोड एजुकेशन गैंडाकोटका सञ्चालक कृष्ण कडेलले गैंडाकोटमा रहेको कार्यालयको माथिल्लो तलामा नयाँ कार्यालयको आजदेखि सेवा सुचारु गरिएको बताउनु भयो । “अहिले सरकारले आफ्नै नगर, जिल्ला र प्रदेशमा स्थापित भएर सेवा दिनुपर्ने जुन विकेन्द्रीकरणको नीति ल्याएको छ, त्यसैको सहर्ष स्वागत गर्दै हामीले चितवनको मुख्य कार्यालयलाई गैंडाकोटमा गाभेर यसलाई नै केन्द्रीय कार्यालयको रूपमा विकास गरेका हौं कडेलले भन्नुभयो । उहाँले भन्नुभयो,“ अहिले बजारमा च्याउ जस्तै एजुकेसन कन्सल्टेन्सीहरू खुल्ने गरेका छन्। तर, कतिपय संस्थाहरू आवश्यक कानुनी प्रक्रिया र दर्ताबिना नै सञ्चालन भइरहेका छन् । राज्य र स्थानीय प्रशासनले त्यस्ता गैरकानुनी र दर्ताविहीन कन्सल्टेन्सीहरूमाथि तत्काल कडा निगरानी र कारबाही गर्नुपर्छ। हामी कानुनसम्मत र मर्यादित व्यवसायको पक्षमा छौं ।” सञ्चालक कडेलले सस्थामा पढाई हुने बिभिन्न कोर्षमा दक्ष शिक्षकहरु द्धारा विद्यार्थीहरुलाई पढाउनुका साथै उचित परामर्श दिने गरेको बताउनु भयो ।
कार्यक्रममा गैंडाकोट वडा नम्बर ५ का निवर्तमान वडा अध्यक्ष नवराज कँडेल,चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष जनक पौडेल, इक्यान चितवनका अध्यक्ष भोजबहादुर खड्का, इक्यान चितवनका पूर्व सचिव हेमराज सिग्देल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
लामो समय देखि शैक्षिक क्षेत्रमा काम गर्दै आएको एम्स एब्रोड एजुकेसनले उच्च शिक्षा अध्ययनका लागि जापान, युरोप, अस्ट्रेलिया, क्यानाडा, अमेरिका लगायतका विभिन्न देशमा जाने विद्यार्थीहरूलाई परामर्श सेवा, भाषा कक्षा र भिसा प्रोसेसिङमा सहजीकरण गर्दै आएको छ।
