पठन संस्कृतिका लागि शिक्षक र अभिभावकको भूमिका महत्वपूर्ण  ः गायत्री श्रेष्ठ

२०८३ श्रावण ३१ आइतबार १६:३७:०० मा प्रकाशित


पठन संस्कृतिको विकास र प्रवद्र्धनका लागि सामुदायिक रेडियो विजय एफएमले सञ्चालन गर्दै आएको पठन संस्कृति अभियानको २१ औँ शृङ्खला साहित्यकार गायत्री श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड, गैंडाकोटको आयोजनामा विजय विकास स्रोत केन्द्रको तालिम हलमा शनिबार कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि साहित्यकार श्रेष्ठले बालबालिका तथा युवामा पठन संस्कृतिको विकास गर्न शिक्षक र अभिभावकको भूमिका निर्णायक हुने बताउनु भयो ।  उहाँले पुस्तक पढ्ने बानीले ज्ञान र चेतनाको विस्तारसँगै व्यक्तिको व्यवहारिक जीवनलाई समेत प्रभावकारी बनाउने धारणा राख्नुभयो ।

कार्यक्रममा साहित्यकार तथा स्रष्टाहरू गोविन्दराज विनोदी, शंकर आचार्य, लेखराम सापकोटा, विष्णु पन्थी र श्रीधर उपाध्यायले आफ्ना रचना तथा प्रकाशित पुस्तकबारे प्रस्तुति र समीक्षा गर्नुभएको थियो । विजय एफएमका अध्यक्ष त्रिलोचन सापकोटाले सहजीकरण गर्नुभएको कार्यक्रममा संस्थापक अध्यक्ष खेमराज सापकोटाले धन्यवाद ज्ञापन गर्नुभएको थियो । 
 

ताजा खबर