तिलक दाजु

२०७९ कार्तिक २९ मंगलबार १२:५७:०० मा प्रकाशित


उहाँमा देशको चिन्ता थियो अब रहेन क्यै
बी पी चिन्तन फस्टाओस् भन्नुहुन्थ्यो भएन क्यै
लोकतन्त्र फुलोस् भन्ने थियो चाह निरन्तर 
ढल्यो गर्ल्याम्मगुर्लुम्म आकाङ्क्षाको धरोहर

भाषा संस्कृतको ज्ञान प्रत्येक घरमा पुगोस् 
शिष्ट संस्कारले हाम्रो नेपाली अस्मिता उठोस्
नरहोस् वैरको भाव प्रेम होस् राष्ट्र–बन्धुमा
भलो होस् सबको भन्ने सोच्नुहुन्थ्यो सधैँ उहाँ

धर्म संस्कृतिको रक्षा हरेक कोणबाट होस्
स्नेह सद्भावको ग∙ा नेपाली मनमा बहोस् 
दलमा दलकोभन्दा माथि होस् राष्ट्र चिन्तन
सम्झौता क्यै नयाँ गर्दा होस् वैचारिक मन्थन

नीति, पद्धतिले हाम्रा व्यवहारहरू चलून् 
आÇनै मौलिकताभित्र जिन्दगानी फुलून् फलून्
नेपाली मन होस् यौटै नहोस् भाव विभाज्यको
गर्नुहुन्थ्यो उहाँ नित्य कल्पना रामराज्यको

हाम्रा किसानका खेत रहून् नित्य हराभरा 
ममतामय यी धर्ती बनून् सदैव उर्वरा
भन्ने लक्ष्य लिई ठूलो तपस्या पनि गर्नु भो
यो गैँडाकोटमा आई खुशीको बीज छर्नु भो

कर्मयोगी शुभाकाङ्क्षी प्रेरणाका सरोवर
अध्यात्मचेतका स्तम्भ आस्थाका दीप सुन्दर
घरभित्रै थियो बास हिजोसम्म थला परी
आजै बैकुण्ठयात्रामा हिँड्नुभो लौ न के गरी

छाडेर देहको गेह आत्मा बस्न गयो पर
पन्छी उडेर गो मानौँ तोडेर दुःख–पिञ्जर
सिद्धिन्न आँसुले लेखी कालको ननिको छल
अर्पेँ अमर आत्मामा श्रद्धाका शब्द केबल ∕

 

लेखक : गोविन्दराज विनोदी
गैँडाकोट