अमरज्योती माविले वार्षिकोत्सव भव्यताका साथ मनाउने 

२०७९ मङ्सिर २० मंगलबार १६:०४:०० मा प्रकाशित

गैँडाकोट । अमरज्योती माध्यमिक विद्यालय गैँडाकोट १७ ले ४३ औँ वार्षिकोत्सव अमरज्योती माध्यमिक विद्यालय गैँडाकोट १७ ले ४३ औँ वार्षिकोत्सव एवं अभिभावक दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दैछ ।

वार्षिकोत्सवका अवसरमा सोमबार अभिभावक लक्षित उच्च रक्तचाप एवं मधुमेह परीक्षण शिविर सम्पन्न गरेको छ । त्यस्तै यहि २३ गते अन्तर विद्यालय आधारभूत तह हाजिरिजवाफ प्रतियोगिता र कक्षा ८ का विद्यार्थीले फुड स्टल सञ्चालन गर्ने अमरज्योती माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गादत्त सापकोटाले जानकारी दिनुभयो । 

२५ गते आईतबार मूल समारोह हुने अमरज्योती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोवद्र्धन ज्ञवालीले बताउनुभयो । 

विद्यालयमा अतिरिक्त क्रियाकलाप चलिरहेको शिक्षक प्रतिनिधि रोशन मल्लले जानकारी दिनुभयो । अतिरिक्त क्रियाकलाप अन्र्तगत विभिन्न खेल प्रतियोगिता चलिरहेको उहाँले बताउनुभयो ।