आजको मौसमः तराईका केही भागमा हुस्सु र कुहिरो

२०७९ माघ २० शुक्रबार ०७:०३:०० मा प्रकाशित

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ। अन्य भूभागको मौसम सामान्यतया सफा रहेको छ। तराईका केही भूभागहरूमा हुस्सु/कुहिरो लागेको छ।

देशका कुनै पनि स्थानमा वर्षा र हिमपातको सम्भावना छैन। जसका कारण देशभरकै तापक्रम क्रमशः बढ्दै गएको महाशाखाले जनाएको छ। 

विभागले आज दिउँसो  प्रदेश– १ र गण्डकी  प्रदेशका भू–भागमा  आंशिक बदली रहने जनाएको छ। देशका बाँकी भू–भागमा  मौसम सामान्यतया सफा रहनेछ।

आज राति प्रदेश– १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा  मौसम सामान्यतया सफा रहनेछ ।

विभागले तराईका भू–भागहरूमा बिहानीपख लागेको हुस्सु र कुहिरोले दैनिक जनजीवन प्रभावित हुनसक्ने भन्दै सतर्क रहन भनेको छ । 

हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन।