अन्तराष्ट्रिय स्क्र्याबल च्याम्पियनशिपमा जिइएसका अर्नब पाण्डे प्रथम, अबको संस्करण नेपालमा हुने

गैँडाकोट
अन्तरास्ट्रिय स्क्र्याबल च्याम्पियनशिपमा गैंडाकोट इंगलिस स्कुल (जीइएस) का अर्नब पाण्डे प्रथम हुनुभएको छ । बंगलादेशको कालीगंजमा सम्पन्न दोश्रो अन्तरास्ट्रिय स्क्र्याबल च्याम्पियनशिपमा गैंडाकोट इंगलिस स्कुल (जीइएस) का अर्नब पाण्डे प्रथम हुनुभएको हो ।
करिम उदधीन अहमद सभाहलमा फेब्रुअरी महिनाको १८ तारिकमा नेपाल तथा बंगलादेशका प्रतिस्पर्धी बीच भएको प्रतिस्पर्धामा नेपाल च्याम्पियन अर्नब प्रथम भएका हुन्।
डिसेम्बर महिनामा नवलपुरको गैंडाकोट इंगलिस स्कुल (जीइएस) मा संचालित राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपमा अर्नब नेपाल प्रथम भएका थिए। अन्तराष्ट्रिय प्रतियोगितामा नेपालका १० र बंगलादेशका १९० जना प्रतिस्पर्धी सम्मिलित थिए। प्रतिस्पर्धामा कालीगंज करिम उदधीन पब्लिक पाइलट हाइ स्कुलका मोहम्मद नुर अलाम समिन द्वित्तीय हुदा पाथिभरा इंगलिस स्कुलका बिशाल शाह तृतीय हुनुभएको थियो ।
बिजेताहरुलाइ एक भब्य कार्यक्रमका बीच मेडल तथा ट्रफीद्वारा सम्मानित गरिएको थियो। सोहि अबसरमा अर्को बर्षको अन्तरास्ट्रिय च्याम्पियनसिप नेपालमा गर्ने पनि घोषणा गरिएको थियो।