होलीलाई सभ्य तरिकाले मनाउन जिल्ला प्रशासनको आग्रह

२०७९ फाल्गुण २२ सोमबार ०७:५९:०० मा प्रकाशित

गैँडाकोट । जिल्ला प्रशासन कार्यलय नवलपुरले होली सभ्यताका साथ मनाउन आग्रह गरेको छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले इच्छा विपरित रंग दल्ने र लोला हान्नेलाई कानुन बमोजीम कार्वही गरिने बताउनुभयो । विजय एफएम सगँ कुराकानी गदै लम्सालले शान्ति सुरक्षाका लागि बिषेश योजना बनाएको बताउनुभयो । 

त्यस्तै जिल्ला प्रशासन कार्यालय चितवनले एक आपसमा खुसी साटासाट गर्ने फागु पर्वमा व्यक्तिको इच्छा विपरित रंग दल्ने र लोला हान्नेलाई नछाड्ने जनाएको छ । आज एक सूचना जारी गर्दै प्रशासनले कसैले होलीको अवसरमा अराजक क्रियाकलाप नगर्न अनुरोध गरेको हो । सूचनामा कानुन विपरितका गतिविधिहरु गराएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने जनाएको छ ।