२७ वर्षे यात्रामा विपन्नसँग सहयात्रा गर्दै सहयात्री सहकारी 

२०७९ फाल्गुण २५ बिहीबार १८:१४:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट ७ मा अवस्थित सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड आर्थिक रुपमा कमजोर वर्गलाई सबल बनाउनेतर्फ उद्धत रहेको छ ।

सदस्यसँगको समिप्यताले सहकारीले फ्डको मार्दै गएको संस्थाका अध्यक्ष लक्षुमण ओझले बताउनुभयो । २७ वर्षअघि २७ जना सदस्यले सहयात्री बचत कोषको शुरुवातसँगै स्थापना गरेको सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दीगो सहकारीको परिकल्पना गरेको उहाँले बताउनुभयो । 

सहकारीले सुकुमबासी एवं विपन्न परिवारसँग सहयात्रा गर्दै अघि बढिरहेको सहकारीका व्यवस्थापक बृहस्पती घिमिरेले बताउनुभयो । सदस्य शिक्षालाई जोड दिदैँ सदस्यको आर्थिक अवस्था मजबुत बनाउनतर्फ तल्लिन रहेको बताउनुभयो ।

तत्कालिन सहयात्री युवा क्लब हालको सहयात्री सामाजिक आर्थिक विकास केन्द्रको अगुवाईमा २०५४ साल मंसिर ८ गतेदेखी सहकारीले कारोबार शुरु गरेको हो । सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा हाल १४ सय महिला सहित २ हजार सेयर सदस्य रहेका छन् । संस्थामा १ करोड ३७ लाख सेयरपूँजी रहेको छ । संस्थाको ८ करोड ९९ लाख ऋण लगानी एवं ८ करोड ९० लाख बचत रहेको जनाईएको छ ।