चलचित्र ‘हुक्का–एन एब्सर्ड ड्रिम’ आगामी वर्षको जेठ १२ मा रिलिज हुने

२०७९ चैत ३ शुक्रबार १४:१०:०० मा प्रकाशित

काठमाडौं । चलचित्र ‘हुक्का–एन एब्सर्ड ड्रिम’ आगामी नयाँ वर्षको जेठ १२ गते रिलिज हुने भएको छ । यसअघि यो चलचित्र आजकै दिन अर्थात चैत ३ गते रिलिज हुने तयारीमा थियो । तर प्राविधिक काम नसकिएकाले चलचित्रले प्रदर्शन मिति सारेको हो । स्पाइनी ब्याब्लर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको फिल्ममा शम्भु थापाको निर्देशन छ ।
चलचित्रमा प्रमिला खनाल, प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विकको अभिनय देख्न सकिनेछ ।
चलचित्रमा प्रयत्न श्रेष्ठको शब्द र संगीत, प्रयत्न श्रेष्ठ र युजिन राईको स्वर, सन्तोषकुमार आत्रेयको कथा, सन्तोषकुमार आत्रेय र भगवान पौडेलको पटकथा, विष्णुप्रसाद बास्तोलाको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर करेक्सन, दीर्घ खड्काको सम्पादन र कृष्णबहादुर थापाको छायांंकन रहेको छ ।
श्याम लामाको श्रृंगार, भीम श्रेष्ठको भेषभुषा, शेरमान जिसी र सुदन थापाको निर्माण नियन्त्रण, गोरे याङ्देनको सहायक छायांकन, भुपेन्द्र ढकालको कला, मिडिया पोर्टको पब्लिसिटी मेनेजमेन्ट, भुपेन्द्र ढकाल, सागर गोदार क्षेत्री र सुयोग आत्रेयको सहायक निर्देशन रहेको चलचित्रमा भगवान पौडेल (मिठो कम्पन)को मुख्य सहायक निर्देशन रुपमा प्रस्तुत भएका छन्।
रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको चलचित्रमा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन् । फिल्मको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन् ।