जनयुद्धमा ज्यान गुमाएका सहिदहरूलाई राष्ट्रिय मान्यता

२०७९ चैत ४ शनिबार १४:२०:०० मा प्रकाशित

काठमाडौँ । सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गरेका सहिदहरूको नामावाली राजपत्रमा प्रकाशित भएको छ । राजपत्रमा प्रकाशित भएसँगै माओवादी सशस्त्र युद्धकालमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएका नागरिकहरूले राष्ट्रिय सहिदको मान्यता पाएका छन् ।

गत १५ फागुनमा मन्त्रिपरिषद बैठकले जनयुद्धुदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका सहिदहरूको नामावली राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको थियो । क्याबिनेटको निर्देशनअनुसार गृह मन्त्रालयले ७७ वटै जिल्लाबाट सहिदहरूको अभिलेख झिकाएको थियो । त्यसैका आधारमा सहिदहरूको नामावली राजपत्रमा प्रकाशित भएको छ ।

माओवादी सशस्त्र युद्धका क्रममा सहादत प्राप्त गरेकाहरूलाई सहिद घोषणा गर्नुपर्ने माग हुँदै आएको थियो । राष्ट्रिय सहिदका परिवारहरूले क्षतिपूर्ति, परिपूरण र सम्मान पाउनेछन् ।