गैँडाकोट १८ र ३ मा ज्येष्ठ नागरिक वडा संघ गठन

२०७९ चैत ४ शनिबार १७:५५:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर १८ मा ज्येष्ठ नागरिक वडा संघ गठन गरिएको छ । गठित समितिको अध्यक्षमा तुलबहादुर आले, उपाध्यक्षमा कृष्णबहादुर सारु, सचिवमा धनबहादुर सोती, कोषाध्यक्षमा कुमारी माप्छन, सह–सचिवमा थिरबहादुर राना, सह–कोषाध्यक्षमा जमुना राना, सदस्यहरुमा दलबहादर माकिम, गगन सुनारी, रनबहादुर सिंजाली, चन्द्रबहादुर चितौरे, बुद्धिसरा आले रहेका छन् । सल्लाहकार भूपाल राना, कर्मसिङ माप्छन, श्रीमाया आले रहेका छन् । 

वडा सदस्य कर्णबहादुर माकिम मगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ज्येष्ठ नागरिक संघ गैँडाकोटका अध्यक्ष मुक्तिनाथ न्यौपानेले समाजले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने र उनीहरुको सीप सिको गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । ज्येष्ठ नागरिक संघ गैँडाकोटका नगर सदस्य शालिकराम सापकोटाले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । 

त्यस्तै गैँडाकोट ३ मा समेत ज्येष्ठ नागरिक वडा संघ गठन गरिएको छ । गठित समितिको अध्यक्षमा टेकप्रसाद रिमाल, उपाध्यक्षमा नरबहादुर कुँवर, सचिवमा सुकदेव तिवारी, कोषाध्यक्षमा तिर्थराज पोख्रेल, सदस्यहरुमा ईन्द्रराज गन्दर्मा, टेकबहादुर थापा, प्रेमबहादुर सुनारी, जोखबहादुर भूजेल, श्रीकुमारी विक, हर्कबहादुर सुनारी र बलराम पौडेल रहेका छन् ।