आज विश्व जल दिवस ः विभिन्न कार्यकम गरी मनाइँदै

२०७९ चैत ८ बुधबार ०६:३०:०० मा प्रकाशित

पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आज विश्व जल दिवस मुलुकभर मनाइँदै छ ।

प्रत्येक वर्ष मार्च २२ तारिखमा विश्व जल दिवस मनाइन्छ। संयुक्त राष्ट्रसंघले पर्यावरण र विकासका लागि ब्राजिलको रियोदजेनेरियोबाट विश्व जल दिवसको सुरुआत गरेको हो।

सन् १९९२ मा विश्व जल दिवसलाई एजेन्डा२१ मा समाहित गरिएको थियो। सोहीअनुसार सन् १९९३ मा विश्वमा पहिलो पटक विश्व जल दिवस मनाइएको थियो।
जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पेयजलको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे सर्वसाधारणमा चेतना जगाउन सरकारी निकाय र विभिन्न सामाजिक सङ्घसंस्थाले विविध कार्यक्रम आयोजना गरिरहेका छन् ।