युवाहरुलाई उद्यमी बनाउन गैँडाकोट ५ द्वारा सीपमुलक सामग्री प्रदान 

२०७९ चैत ८ बुधबार १५:३१:०० मा प्रकाशित

गैँडाकोट । युवाहरुलाई उद्यमी बनाउन गैँडाकोट नगरपालिका वडा नम्बर ५ ले सीपमुलक सामग्री हस्तान्तरण गरेको छ । वडाको युवा लघु उद्यम प्रवद्र्धन कार्यक्रम अन्तर्गत वडाका युवालाई विभिन्न सामग्री हस्तान्तरण गरेको हो ।

वडाका थानेश्वर भट्टराईलाई विद्युत सामग्रीहरु ड्रिल गर्ने मेशिन, अर्थिङ टेस्टिङ, भ¥याङ, श्रीराम कँडेललाई प्याकेजिङ मेशिन र सरस्वती खनाल कँडेललाई सिलाई कटिङ र ईन्टरलग गर्ने पिको मेशिन प्रदान गरिएको हो । सामग्री हस्तान्तरण गर्दै गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले प्राप्त सामग्रीको सहि सदुपयोग गरी उद्यमी बन्न आग्रह गर्नुभयो । 

युवाहरुलाई उद्यमी बनाउन एवं स्वदेशमा नै रोजगार सिर्जना गर्न सीपमुलक सामग्री हस्तान्तरण गरिएको वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले जानकारी दिनुभयो । हस्तान्तरण गरिएका सामग्री करिब ८३ हजार बराबरको रहेको उहाँले बताउनुभयो ।

सो अवसरमा पूर्व वडाअध्यक्ष नवराज कंडेल, जिसस पूर्व उपप्रमुख शारदा विक, नगरकार्यपालिका सदस्य शान्ति न्यौपाने, वडा सदस्यहरु द्रोण वन सन्न्यासी, तुलसीप्रसाद गौतम, उषा परियार लगायतको उपस्थिति रहेको थियो ।