विजय एफएमका अध्यक्ष डा. भूमिराज चापागाई सम्मानित

२०७९ चैत ९ बिहीबार १९:०९:०० मा प्रकाशित

काठमाडौँ । विजय एफएम १०१.६ का अध्यक्ष डा. भूमिराज चापागाईं सामुदायिक रेडियो राष्ट्रिय सम्मेलनका अवसरमा सम्मानित हुनुभएको छ । 
सामुदायिक रेडियो प्रसारक संघको आयोजनामा काठमाडौँमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले डा. चापागाईंलाई सम्मान गर्नुभएको हो । 
सामुदायिक रेडियो प्रशारक संघ नेपालका लेखा समिति संयोजक समेत रहनुभएका डा. चापागाईंलाई नेपालका एफ.एम रेडियोको अध्ययन अनुसन्धान मार्फत समग्र एफ.एम. रेडियोको श्रीवृद्धिमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । 
सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीले डा. चापगाईंले समकालिन अनुसन्धेय विषय नेपाली संस्कृतिको प्रवद्र्धनमा एफएफ रेडियोको भूमिकामा विस्तृत अध्ययन एवं अनुसन्धान गरी गरिमामय विद्यावारिधि उपाधि प्राप्त गर्नुभएकोमा सम्मान गरिएको बताउनुभयो ।