गैँडाकोटमा मेलमिलापकर्ताका लागि ३ दिने पुनर्ताजगी तालिम सुरु

२०७९ चैत ९ बिहीबार १९:१५:०० मा प्रकाशित

गैँडाकोट
गैँडाकोट न्यायिक समितिको आयोजनामा आजदेखि ३ दिने मेलमिलापकर्ताका लागि पुनर्ताजगी तालिम सुरु भएको छ । गौडाकोट नगरपालिकाको सभाहलमा सुरु भएको तालिममा ६० जना मेलमिलापकर्ताहरुको सहभागिता रहेको छ । 
गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले न्यायपूर्ण तवरले न्याय सम्पादन गर्न मेलमिलापकर्तालाई आग्रह गर्नुभयो । 
गैँडाकोट नगरपालिकाका उपनगरप्रमुख एवं न्यायिक समिति संयोजक शान्ति कोइरालाले मेलमिलापकर्ताहरुलाई थप कानुनी कुराको जानकारी प्राप्त होस र विवाद समाधानमा सहजता होस भन्ने हेतुले पुनर्ताजगी तालिम गरिएको बताउनुभयो । 
यस्तै नगरका प्रमुख प्रशासकिय अधिकृत मुक्तिराम रिजालले मेलमिलापकर्ताले न्याय सम्पादन र मेलमिलाको क्षेत्रको गरेका राम्रा कामलाई निरन्तरता दिन आग्रह गर्नुभयो । 
स्वागत मन्तव्य व्यक्त गर्दै मेलमिलाप समिति सदस्य द्रोण वन सन्यासीले मेलमिलाप केन्द्रले उत्कृष्ट काम गर्दै आएकाले आएका विवादलाई सकेसम्म वडाबाट नै समाधान गर्न आग्रह गर्नुभयो । 
सो तालिमको प्रशिक्षकमा सिताराम अधिकारी र मित्रलाल लामिछाने रहनुभएको छ । 
औपचारिक कार्यक्रमको सञ्चालन भने न्यायिक समिति कर्मचारी यमकुमारी कँडेलले गर्नुभएको थियो ।