बौदीकालीको बेरुजु रू. ८८ लाख २९ हजार 

२०८० जेठ १६ मंगलबार १०:४२:०० मा प्रकाशित

बौदीकाली । बौदीकाली गाउँपालिकाको लेखापरीक्षणबाट रू. ८८ लाख २९ हजार बेरुजू देखिएको छ । महालेखा परीक्षकको कार्यालयले गरेको आर्थिक वर्ष २०७८/०७९ को लेखा परीक्षणमा सो बेरुजू देखिएको हो । 

सो सम्बन्धमा प्रतिक्रिया उपलब्ध नभई बाँकी बेरुजू असुल गर्नुपर्ने रू. १ लाख ८१ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू. ५६ लाख ५२ हजार, नियमित गर्नुपर्ने रू. २३ लाख ९६ हजार रहेको छ । पालिकाको गतवर्ष सम्म रू. २ करोड ४८ लाख ७३ हजार बेरुजू बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजू रू. ३ करोड ३७ लाख २ हजार रहेको छ ।

बेरुजु भन्नाले प्रचलित कानून बमोजिम पु¥याउनु पर्ने रीत नपु¥याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिव तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औंल्याइएको वा ठह¥याएको कारोबार हो ।

पालिकाको लेखापरीक्षणबाट स्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्थपरक नभएको, असुली लक्ष्यअनुसार नभएको, कर्मचारीको दरबन्दीअनुसार स्थायी पदपूर्ति नभएका कारण विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारिता नआएको, अनुदानको पर्याप्त अनुगमन नभएको, वितरणमुखी कार्यक्रम सञ्चालन गरेको आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको, लगायतका व्यहोरा लेखापरीक्षण प्रतिवेदनमा औल्याइएको छ ।