विजयश्रीको आयोजनामा आज तीज गीत प्रतियोगिता हुँदै 

२०८० भदौ ३० शनिबार ०६:२२:०० मा प्रकाशित

किसान मार्ट सञ्चालक संस्था विजयश्री उपभोक्ता सहकारी संस्थाको आयोजना एवं विजय एफएमको सह आयोजनामा हरितालिका तीजको अवसरमा वडास्तरीय तीज गीत प्रतियोगिताको तयारी पूरा भएको छ । गँैडाकोट ४ मा रहेको किसानमार्टको केन्द्रीय कार्यालयको परिसरमा भदौ ३० गते शनिबार अर्थात आज बृहत तीज गीत प्रतियोगिता हुने छ । 
विहान ११ बजेबाट सुरु हुने प्रतियोगितामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विशेष सांगितिक प्रस्तुती रहने कार्यक्रम संयोजक सरस्वती सापकोटाले बताउनुभयो । प्रतियोगितामा प्रथम पुरस्कार १० हजार रहेको छ । 
द्वितीय पुरस्कार ७ हजार, तृतीय पुरस्कार ५ हजार र सान्त्वना पुरस्कार ३ हजार र सहभागि सबै समूहलाई प्रति समूह १ हजार प्रदान गरिने संयोजक सापकोटाले बताउनुभयो । 
कार्यक्रम संयोजक सापकोटाका अनुसार एक समूहमा ९ जना रहन सक्ने र गीत ७ मिनेटको हुनुपर्ने छ । समूह दर्ता गर्दा शुल्क नलाग्ने समेत कार्यक्रम संयोजक सापकोटाले बताउनुभएको छ ।