गैँडाकोट नगरपालिका वडा नम्बर ८ ले गर्यो एक महिने हाउस वायरिङ्ग तथा प्लम्बिङ्ग तालिमको समापन

गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर ८ ले हाउस वायरिङ्ग तथा प्लम्बिङ्ग तालिमको समापन गरेकोे छ ।
आइतवार गैडाकोट ८ मा रहेको नन्दन कालिका महिला समुहको सभाहलमा एक महिने हाउस वायरिङ्ग तथा प्लम्बिङ्ग तालिमको समापन भएको छ । तालिममा वडामा रहेका १०० जना बढि प्रशिक्षार्थीहरु सहभागी भएका थिए ।
कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले आफुले तालिम लिएपछि घरमा मात्र नभइ अन्य स्थानमा पनि काम गरेर आर्थिक रुपमा पनि सबल बन्न शुभकामना दिनुभयो । नगरप्रमुख अधिकारीले तालिम लिए पछि अथवा हातमा सिप भएपछि तेस्को भरपुर उपयोग गर्न पनि प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो ।
गैडाकोट वडा नम्बर ८ का वडाध्यक्ष प्रेम सापकोटाले घरमा आउने साना साना समस्याको लागि प्राविधिकलाई बोलाउनु पर्ने ,समयमा नआउने जस्ता समस्या थिए तर वडाको तालिमबाट आफैले समाधान गर्न सकिने सिपको विकासले वडावासीलाई सहज हुने अपेक्षा ब्यक्त गर्नुभयो । वडाध्यक्ष सापकोटाले बडाबासिको आबश्यकता अनुसार बिभिन्न किसिमका तालिम वडाले उपलब्ध गराउने पनि बताउनुभयो ।
तालिमको संयोजक एवंम जनप्रतिनिधि कमला आचार्यले सिप नजानेर घरमा धेरै खर्च भइरहेको समयमा वडाले दिएको तालिम उपयोगी भएको र खर्च कम हुनु भनेको नै एक किसिमको आम्दानी भएको बताउनुभयो ।
तालिममा सहभागीको तर्फ बाट हेमा सुबेदी , तुलसि क्षेत्री र नारायण पौडेलले यो तालिम निकै फलदायी भएको बताउनु भएको छ । उहाँहरुले तालिमको शुरुवातमा हामि हाउस वायरिङ्ग तथा प्लम्बिङ्गको काम गर्न सकिदैनथ्यौ भने यो तालिम लिई सकेपछि अब आफ्नो घरमा भएका साना समस्याहरु हामि आफै मर्मत तथा नयाँ फिटिङ्ग गर्न सक्ने भएका छौं र अब हामिलाई यो भन्दा माथिल्लो स्तरको तालिमको खाँचो रहेको बताउनु भयोे ।
तालिममा प्रशिक्षकको तर्फ बाट गोबिन्द खनालले आफ्नो भनाई राख्नुभएको थियो । तालिमको प्रशिक्षकमा दिपक दराई, गोबिन्द खनाल, बलराम सुवेदी, कमल दराई र दया सापकोटा रहनुभएको थियो ।
गैडाकोट वडा नम्बर ८ का वडा सदस्य सुशिला परिवारले स्वागत मन्तब्य राख्नु भएको औपचारिक कार्यक्रमको सञ्चालन वडा सचिव रमेश आचार्यले गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधिहरु खगेश्वर सापकोटा, तर्कबहादुर थापाको उपस्थिती रहेको थियो । तालिममा प्राबिधिकको रुपमा पब्लिक शाइनिङ्ग टेक्निकल ईन्स्ट्च्यिुटले सहजीकरण गरेको थियो ।