३ हजार ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज (सोमबार) सुनको मूल्यमा तीन हजार सातसय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विगत तीन दिनदेखि लगातार घट्दै आएको सुनको मूल्य आज प्रतितोला एक लाख ८६ हजार आठसय रुपैयाँमा कारोबार भएको छ । हिजो (आइतबार) सुनको मूल्य एक लाख ९० हजार पाँचसय रुपैयाँ थियो । गएको शुक्रबार प्रतितोला एक हजार चारसय रुपैयाँ घटेको सुनको मूल्य हिजो थप तीनसय रुपैयाँ घटेको थियो।
यस्तै, आज चाँदी १९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।