चितवनमा सकियो तिन दिने घर बनाउने मेला, पन्ध्र हजारले गरे अवलोकन

२०८२ बैशाख २८ आइतबार १३:०५:०० मा प्रकाशित

चितवन ।  चितवनमा पहिलो पटक आयोजना गरिएको घर बनाउने तिनदिने मेला शनिबार सकिएको छ । भी ग्रुप र निर्माण कम्पनी एसवन होम्सको आयोजनमा वैशाख २५ गतेखदेखि २७ गतेसम्म सञ्चालनमा आएको मेलामा १५ हजारले अवलोकन गरेको मेला संयोजक विपिन कंडेलले जानकारी दिनुभयो ।

 

मेलामा ३० वटा स्टलका साथै नेपाल राष्ट्रिय भवन संहिता कार्यान्वयन तथा वर्तमान अवस्थाको बारेमा अन्तरक्रिया गरिएको एसवन होम्सका अध्यक्ष सुरज न्यौपानेले बताउनुभयो । 

घर बनाउने मेलामा सेवाग्राही, व्यवसायी, विद्यार्थी तथा सरोकारवालाहरुको सहभागिता  रहेको थियो ।