नेपाल विद्युत प्राधिकरणका आय संकलन काउन्टर असोज १ गते बन्द हुने

२०८० भदौ ३१ आइतबार ०७:३१:०० मा प्रकाशित

 

काठमाडौं—  नेपाल विद्युत प्राधिकरणका आय संकलन काउन्टर भोलि असोज १ गते बन्द हुने भएका छन् ।

सो दिन विश्वकर्मा पूजा भएकाले आय संकलन काउन्टरहरु बन्द हुने प्राधिकरणले सूचना जारी गरी जानकारी दिएको हो ।

वास्तु दिवस पनि भनिने विश्वकर्मा पूजाको दिन मेसिनरी पार्टपूर्जाको पूजा गर्ने चलन छ । विभिन्न औचारका सामानमा पूजा गरेमा धेरै समय टिक्ने, कामको बेला नबिग्रिने र राम्रो काम गर्न सकिने लगायतका गुण प्राप्त हुने धार्मिक विश्वास छ ।