डेंगु तथा सर्पदंश जोखिम न्युनीनरण तथा प्रतिकार्य विषयक एक दिवशीय सचेतना कार्यक्रम सम्पन्न
गैंडाकोट । नेपाल रेडक्रस सोसाइटी पालिका शाखाको आयोजनामा “डेंगु तथा सर्पदंश जोखिम न्युनीनरण तथा प्रतिकार्य“ विषयक एक दिवशीय सचेतना कार्यक्रम गैंडाकोटमा सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी गैंडाकोट पालिका शाखाका सचिव दोलराज पाण्डेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वन उपभोक्ता समूहका अध्यक्ष तथा प्रतिनिधि, विद्यार्थी तथा शिक्षक नायकहरूको सहभागिता रहेको थियोे । कार्यक्रमका प्रमुख अतिथि नेरेसो जिल्ला शाखा नवलपुरका कोषाध्यक्ष वेदप्रसाद न्यौपानेले समसामयिक गतिविधिमा रेडक्रस अभियानले जोड दिदै आएको बताउनुभयो ।
कार्यक्रममा औषधी व्यवसायी संघका अध्यक्ष ईश्वरीप्रसाद घिमिरेले सहजीकरण गर्नुभएको थियोे । कार्यक्रममा रेडक्रस सुपर टु परियोजनाका कार्यक्रम संयोजक डिल्लीराज जोशी, रेडक्रसकर्मी विष्णुप्रसाद शर्मा, महेन्द्रभक्त अधिकारी, रोशनभक्त अधिकारी, सुरेन्द्र ढुङ्गाना, कमला तिवारी, माधवप्रसाद सिग्देललगायतको उपस्थिति रहेको थियो ।