प्रेस युनियन चितवनका संस्थापक अध्यक्ष अधिकारीको निधन

२०८० असोज २ मंगलबार १६:३२:०० मा प्रकाशित

चितवन । नेपाल प्रेस युनियन चितवनका संस्थापक अध्यक्ष विश्वनाथ अधिकारीको निधन भएको छ ।

अधिकारीको आज (मंगलबार) विहान सवा ११ बजेको समयमा काठमाडौँस्थित वीर अस्पतालमा उपचारको क्रममा ७६ वर्षको उमेरमा निधन भएको हो । उहाँ १८ वर्षदेखि प्यारालाइसिस (पक्षघात)को रोगले समस्याले ग्रस्त हुनुहुन्थ्यो । वि.सं. २०४९ सालमा स्वर्गीय अधिकारीको अध्यक्षता नेपाल प्रेस युनियन चितवन शाखाको सात सदस्यीय समिती बनेको थियो ।

यसैबीच नेपाल प्रेस युनियन चितवन शाखाले अधिकारीको निधनप्रति दुःख व्यक्त गरेको छ । युनियनका जिल्ला सचिव राजु चौधरीले आज एक शोक वक्तव्य जारी गर्दै अधिकारीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

युनियनले अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गरेको छ ।