आन्दोलनका नाममा विद्यालय बन्द गरिए कारवाही हुन्छ

काठमाण्डौँ । प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै बिहीबारदेखि सरकारी शिक्षकहरुले विद्यालय बन्द घोषणा गरेका छन् । तर,शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरिए कारवाही गर्ने काठमाडौं महानगरपालिकाले चेतवानी दिएको छ ।
महानगरपालिकाका प्रवक्ता नवीन महर्जन विद्यालय शिक्षा ऐनमा काठमाडौं महानगरको पनि असहमति रहेको बताउनुहुन्छ । महर्जन भन्नुहुन्छ “विद्यालय बन्द गरेर असहमति प्रकट गर्ने विषय स्वीकार्य हुँदैन, ऐनमा रहेका फरक मत हामी पनि राख्छौं, उहाँले भन्नुभयो तर, विद्यालय बन्द गरेर निकास निस्किँदैन, बालबालिकाको पढाइ मात्रै प्रभावित हुन्छ ।”
विद्यालय बन्द भए प्रधानाध्यापक र विद्यालयमा हाजिर नहुने शिक्षकलाई कारवाही गर्ने महानगरको निर्णय छ ।