सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन,आज निर्णायक वार्ता
सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन भएको छ । बिहीबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय भएको सरकार र महासंघबीचको वार्ता निष्कर्षविहीन भएको हो ।
दुई पक्षबीचको वार्तामा बुँदागत रुपमा छलफल भएको भन्दै कानुनमन्त्री धनरज गुरुङले सकारात्मक छलफल भएको दाबी गरे । उनले शिक्षकहरुका मागको बारेमा आज बिहान फेरि बैठक बसेर सहमित जुटाउन प्रयास गरिने बताए । सहमित जुटाएर सहजरुपमा सामुदायिक विद्यालयमा पठनपाठनको व्यवस्था मिलाइने उनको भनाइ थियो ।