सहयात्री बचतको निक्षेप संकलन ८ करोड बढी

२०८० मङ्सिर २३ शनिबार १५:३२:०० मा प्रकाशित


गैँडाकोट । सहयात्री बचत तथा ऋण सहकारी संस्था लि. सहकारी ऐन र नियममा रहेर चलेका कारण सबैको विश्वास जित्न सफल भएको संस्थाका अध्यक्ष लक्षुमण ओझाको भनाई छ । संस्थाको २८ औँ बार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ओझाले आगामी दिनमा सेयर सदस्यको आवश्यकता र चहाना अनुसार अगाडी बढ्ने बताउनुभएको छ । 

सहयात्री बचत तथा ऋण सहकारी संस्थामा हाल २ हजार ५४ जना सेयर सदस्य रहेका छन् । ८ करोड ९३ लाख ९६ हजार ७ सय ८९ रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले ९ करोड २९ लाख २ सय ७२ रुपैयाँ लगानी गरेको छ । संस्थाका सचिव राजेन्द्र पौडेलले आगामी दिनमा युवा स्वरोजगार कार्यक्रमसगैँ उत्पादनमुलक क्षेत्रमा लगानी बढाउँदै जाने बताउनुभएको छ । 

संस्थाले आगामी दिनमा सेयर पूँजी १ करोड ७० लाख ५० हजार पु¥याउने लक्ष्य लिएको छ । संस्थाका कोषाध्यक्ष साबित्रा खवासले कूल बचत निक्षेप ९ करोड ७९ लाख ९३ हजार पु¥याउने बताउनुभएको छ । 

कार्यक्रममा बोल्दै गैँडाकोट ७ का वडा अध्यक्ष होमनाथ सापकोटाले संस्थाले गरेको कामको प्रशंसा गर्दै अब बन्ने समितिले संस्थाको हितमा रहेर काम गर्न सुझाव दिनुभएको छ । संस्थाका उपाध्यक्ष भिमप्रसाद सापकोटाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधी, संघसंस्थाका प्रतिनिधी, समाजसेवी लगाएतको उपस्तिथी रहेको थियो ।