नाबालिक बलात्कारको आरोपमा देवचुलीबाट दुई बालक पक्राउ

२०८० फाल्गुण २१ सोमबार १७:०८:०० मा प्रकाशित


नवलपुर।  देवचुली नगरपालिकामा जवरजस्ती करणी गरेको आरोपमा दुईजना बालक पक्राउ परेका छन् ।

देवचुली नगरपालिका घर भएका दुई बालकहरु नाबालिक माथी जबरजस्ती गरेको आरोपमा पक्राउ परेका हुन् । नवलपुर जिल्ला प्रहरी कार्यालयका अनुसार फागुन ७ गते स्थानीय ५ बर्षिय नाबालिकालाई जबरजस्ती गरेको आरोपमा दुई बालकहरु पक्राउ परेका छन् । 

बालिकालाई चकलेट दिएर नजिकैको जंगलमा लगेर करणी गरेको भन्दै बालिकाका आफन्तले उजुरी दिएपछि प्रहरीले बालकहरुलाई पक्राउ गरि बाल निगरानीमा राखि म्याद गरी अनुसन्धान कार्य अगाडि बढाएको छ ।

फागुन ४ गते घटना भएको तेस्रो दिन प्रहरीले बालकहरुलाई उनिहरुको घरबाटै नियन्त्रणमा लिएको थियो । पक्राउ परेका बालकहरु १३ बर्षीय हुन् ।