होली मनाइने तराई मधेशका जिल्लामा दिउँसो केहीबेर छिटपुट मात्रै पानी पर्ने सम्भावना

२०८० चैत १२ सोमबार ०७:००:०० मा प्रकाशित

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित बागमती र कोशी प्रदेशका पहाडी भेगमा हल्का पानी परेको छ । दिउँसो पनि कोशी, मधेश र बागमती प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद प्रतिभा मानन्धरका अनुसार ठूलो पानी पर्ने सम्भावना भने छैन ।

आज होली मनाइने तराई मधेशका जिल्लामा दिउँसो केहीबेर छिटपुट मात्रै पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । देशका पूर्वी र मध्य भेगमा राति पनि हल्का पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय प्रणाली समेत सक्रिय हुँदा बदली र वर्षा भएको हो ।