
गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर ५ ले बालबालिकाहरुका लागि खेल सामाग्री वितरण गरेको छ ।
आइतबार वडा भित्र रहेका १९ वटा बाल क्लबलाई फुटबल, भलिबल, व्याटमिन्टन, स्किपिङ, क्यारेमबोर्ड प्रदान गरेको हो ।
बालबालिकालाई खेलतर्फ प्रोत्साहान गर्न सामग्री प्रदान गरिएको गैँडाकोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले खेल सामग्रीको सहि तरिकाले सदुपयोग गर्न अनुरोध गर्नुभएको छ ।
सो अवसरमा नगर कार्यपालिका सदस्य शान्ति न्यौपाने, नगर खेलकुद विकास समितिका उपाध्यक्ष लक्ष्मण कार्की, जनप्रतिनिधिहरु, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।