नवलपुरमा नुहाउन गएका दिदिबहिनी मध्ये दिदी मृत फेला बहिनी बेपत्ता

२०८१ बैशाख १० सोमबार ०७:०६:०० मा प्रकाशित

कावासोती । नवलपुरको बौदीकाली-३ थोत्रेनीमा घर नजिकैको धारामा नुहाउन गएका दिदिबहिनी मध्ये दिदि मृत फेला परेकी छिन भने बहिनी बेपत्ता भएकी छिन ।

शनिबार दिउँसो करिब १ बजेको समयमा बौदीकाली-३ थोत्रेनी बस्ने रेवत सारुको १७ वर्षीय छोरी लक्ष्मी सारु र १४ वर्षीय नरिना सारु घर नजिकैको धारामा नुहाउन गएका र आईतबार बिहान सम्म सम्पर्क न आए पछि खोजतलास गर्ने क्रममा धारामा कपडा सुकाएको नजिकै रहेको कालीगण्डकी नदि किनारमा दुवै दिदीबहिनीको चप्पल र ३० रुपिया पैसा ढुंगाले च्यापेर राखेको अवस्थामा फेला परेको थियो ।

चप्पल र पैसा फेला परेको नदि किनार देखि २/३ सय मिटर पुर्व तर्फ दिदि लक्ष्मी सारु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । दिदि सँगै नुहाउन गएकी बहिनी नरिना सारु बेपत्ता रहेको र निजको खोजी कार्य चलिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदबहादुर पौडेलले बताए । डिएसपी पौडेलका अनुसार घटनाको अनुसन्धान भैरहेको छ ।