महिलालाई हरपिक, सर्फ र फिनेल बनाउने तालिम 

२०८१ बैशाख १५ शनिबार १७:३८:०० मा प्रकाशित


गैँडाकोट । मौलाकालि सामुदायिक सिकाई केन्द्रले हरपिक, सर्फ र फिनेल बनाउने तालिम प्रदान गरेको छ ।

गैँडाकोट नगरपालिका वडा नम्बर १ देखी ९ सम्मका ४० जना महिलाहरुलाई तालिम प्रदान गरिएको हो । 


१३ गतेबाट सुरु भएको तालिम १५ गते अर्थात आज समापन भएको छ । मौलाकालि सामुदायिक सिकाई केन्द्रका अध्यक्ष कमलप्रसाद पराजुलीले महिला सिप सिकेर आर्थीक रुपमा पनि सवल बन्नुपर्छ भन्ने उद्देश्यले तालिम प्रदान गरिएको बताउँनुभयो  । साथै उहाँले सिकेको सिपलाई व्यवहारमा लागू गरेमा उत्पादन सामाग्रीको बजारीकरणमा पनि सहयोग गर्ने बताउनुभयो । 


गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख शान्ति कोइरालाले सिकेको सिपलाई व्यवशायिक रुपमा अगाडी बढाउन सुझाव दिनुभएको छ । 


कार्यक्रममा गैँडाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख डा. बालकृष्ण चापागाई, नगर शिक्षा शाखा अधिकृत रामप्रसाद अधिकारी, गैँडाकोट १ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मी, गैँडाकोट ५ का वडा सदस्य शान्ति न्यौपाने, प्रशिक्षक सुस्मिता थापा मगर, सहभागिहरु सिर्जना आचार्य, लक्ष्मिदेवी कंडेल, लक्ष्मि लामिछाने, राधा पौडेल लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो। 


मौलाकालि सामुदायिक सिकाई केन्द्रका उपाध्यक्ष मिना नेपालीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजिकरण केन्द्रका सचिव याममाया पुलामिले गर्नुभएको थियो ।