नेपाल पत्रकार महासंघ नवलपुरको नवनिर्मीत कार्यालय भवन उद्घाटन

२०८१ जेठ ११ शुक्रबार ०६:१५:०० मा प्रकाशित

नेपाल पत्रकार महासंघ नवलपुरको कार्यालय नवनिर्मीत भवनमा सरेको छ । संघियता कार्यान्वयन संगै साविकको नवलपरासी जिल्ला टुक्रिएपछि २०७५ सालमा नवलपुर शाखा स्थापना भएको थियो । भाडामा रहदै आएको महासंघको कार्यालय कावासोती ३ स्थित आफ्नै कार्यालयमा सरेको हो । नवनिर्मीत कार्यालय भवनको कावासोती नगर पालिकाका नगरप्रमुख विष्णु प्रसाद भुषालले विहिबार उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख भुषालले समाजका हरेक पक्षमा खबरदारी गर्ने र जनतालाई सहि सुचना प्रवाह गर्नेमा पत्रकार लागि पर्नुपर्ने बताउनुभयो ।संचार क्षेत्रको विकास र प्रवद्र्धनमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले महासंघमा आवद्ध सदस्यको पेशा गत विकास संगै भौतिक पुर्वाधारको रुपमा आफ्नै भवनमा कार्यालय संचालनले संस्थागत विकासमा टेवा पुर्याउने बताउनु भयो । 
कार्यक्रममा शाखाका अध्यक्ष विरेन्द्र पराजुलीले आफ्नो कार्यकालमा आफ्नै भवनमा कार्यालय सार्ने प्रतिवद्धता पुरा गरेको बताउदै सहयोगी संघसंस्थालाई धन्यवाद ब्यक्त गर्नुभयो । जिल्ला टुक्रियपछि लामो समयसम्म भाडाको घरमा बस्दै आएकामा अव आफ्नै भवन भएपछि सहज हुने बताउनुभयो ।
आगामी दिनमा महासंघमा आवद्ध सदस्यको पेशागत विकासका लागि जोड दिने बताउनुभयो । कार्यक्रममा कावासोती नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष डोरमान गिरी तथापत्रकार महासंघमा आवद्ध विभिन्न संघसस्थाका प्रतिनिधीहरुको सहभागिता थियो ।