कारोना भाइरसको नयाँ भेरियन्ट ‘केपी १ र ‘केपी २ नेपालमा पनि पुष्टि

२०८१ जेठ १२ शनिबार ०६:०७:०० मा प्रकाशित


नवलपुर । नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट केपी १ र केपी २ पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ¥याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा केपी–१ र केपी–२ पुष्टि भएको हो । केपी–१ र केपी–२ ओमिक्रोन भेरिएन्टकै सब–भेरिएन्ट हो ।

हाल उक्त भाइरस सिंगापुर अमेरिका र केही अफ्रिकी मुलुकमा देखिएको छ । ४० प्रतिशतको हाराहारीमा पुष्टि हुनुले उक्त भाइरस समुदाय स्तरमा फैलिरहेको प्रयोगशालाका एक जना अधिकारीले बताएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन अन्य भेरियन्टभन्दा केपी–२ छिटो फैलिएको पाइएको बताउनुहुन्छ । विज्ञका अनुसार अन्य देशमा फैलिरहेको अवस्थालाई हेर्दा कोरोनाको लक्षण खासै अन्य भेरियन्टको तुलनामा फरक छैन ।

नाकबाट पसिना आउने, घाँटी दुख्ने, खोकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, कमजोरीपन जस्ता पुरानै लक्षण देखिएको छ ।