एसईईमा गैँडाकोट इङ्लिस स्कुल र अमरज्योतीको नतिजा उत्कृष्ट

२०८१ असार १५ शनिबार ०७:०९:०० मा प्रकाशित


गैँडाकोट । माध्यमिक शिक्षा परिषद (एसईई) को परिक्षामा संस्थागत तर्फ गैँडाकोट ईंग्लीस स्कूल र सामुदायिक तर्फ अमरज्योती माध्यामिक विद्यालय नगरमै उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् । विहिवार प्रकाशित भएको नजिता अनुसार गैँडाकोट ईङ्लिस स्कुलका परिक्षामा सहभागि विद्यार्थी मध्ये ९४.१ प्रतिशत विद्यार्थीहरु उत्तिर्ण भएका छन् ।  

परिक्षामा सहभागि विद्यार्थी मध्ये गैँडाकोट ईंग्लीस स्कूलका ३४ जना विद्यार्थीहरुमध्ये ३२ जना कक्षा ११ का लागि योग्य भएको गैँडाकोट नगरपालिकाले सार्वजनिक गरेको तालिकामा उल्लेख गरिएको छ ।  

संस्थागत तर्फ सरस्वती निकेतनका ६४.७ प्रतिशत, बालविकास ६३.८ प्रतिशत, कण्टिनेण्टल ६४ प्रतिशत, अक्सफोर्ड ८० प्रतिशत, विजय सामुदायिक ७६.२ प्रतिशत, मुकुन्दसेन ७४.१ प्रतिशत, सूर्योदय ६४.३ प्रतिशत, अमर ७९.२ प्रतिशत, युनिक ६६.२ प्रतिशत विद्यार्थी योग्य बनाउन सफल भएको छ । 


यस्तै सामुदायिक विद्यालय तर्फ गैँडाकोट १७ मा रहेको अमरज्योती माध्यामिक विद्यालयले उत्कृष्ट नतिजा निकालेको छ । यस विद्यालयका तर्फबाट परिक्षामा सहभागि ४० जना विद्यार्थी मध्ये ३६ जना विद्यार्थी कक्षा ११ का लागि योग्य भएका छन् । जुन कुल विद्यार्थीको ९० प्रतिशत नतिजा हो ।

रत्नराज्य लक्ष्मी माध्यामिक विद्यालयबाट परिक्षामा ११८ जना विद्यार्थी सहभागि भएका थिए । परिक्षामा सहभागि विद्यार्थी मध्ये ९७ जना विद्यार्थी योग्य भएका छन् । जुन सहभागि परिक्षार्थी मध्ये ८२.२ प्रतिशत हो ।  

यस्तै जनक नमुना माध्यामिक विद्यालयबाट १८५ जना विद्यार्थी परिक्षामा सहभागि भएका थिए । यस विद्यालयमा ११२ जना विद्यार्थी कक्षा ११ का लागि योग्य भएका छन् ।

लक्ष्मी माध्यामिक विद्यालयका ९३ मध्ये ४५ जना योग्य भएका छन् । यस्तै जनता माध्यामिक विद्यालयका ९९ जनामा ६३ जना योग्य भएका छन् । 
अन्य विद्यालयको नतिजा यस्तो छ