गैँडाकोट । नारायणी नदीमा पानीको सतहले चेतावनी संकेत पार गरेको छ । बाढीको सतह निरन्तर बढेकाले यहाँ खतराको संकेत पुग्ने अनुमान गरिएको छ ।
यो समाचार तयार पार्दासम्म (१२ बजे) नारायणी नदी स्थित देवघाटमा पानीको वहाव ८ दशमलव ९ मिटर पुगेको छ ।
देवघाट स्थित बाढी मापन केन्द्रमा नारायणीको सतह ७.३ मिटर सम्मको पानीको बहावलाई चेतावनी संकेत र ९ मिटरलाई खतराको संकेत मान्ने गरिएको छ ।
पानीको बहाव खतराको संकेत पुगेपछि बस्तीमा बाढी पस्ने खतरा हुन्छ ।
मध्ये पहाडी क्षेत्रमा भारी वर्षाका कारण नारायणी नदी लगायत चितवन तथा नवलपुरका सहायक नदीमा समेत खोला बढेका छन् ।
नवलपुर तथा चितवन प्रशासनसँगै गैँडाकोट नगरपालिका, भरतपुर महानगरपालिकाहरुले नदी किनारका आसपासमा रहने नागरिकले विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन् ।