प्रगतिशिल आमा समूहद्वारा रत्नराज्यमा १ लाख १ हजारको अक्षयकोषको स्थापना
नवलपरासी बर्दघाट सुस्ता पूर्व । गैँडाकोट १० मा रहेको प्रगतिशील आमा समूहले उत्कृष्ट कार्य गरेको छ । आमा समूहले रत्नराज्य लक्ष्मी माध्यामिक विद्यालयमा १ लाख १ हजार १ सय ११ रुपैँया बराबरको अक्षयकोष स्थापना गरेको हो । मंगलबार समूहका अध्यक्ष सपना कंडेल सहित समूहका सदस्यहरुले अक्षयकोषका लागि रकम विद्यालयलाई हस्तान्तरण गरेका छन् ।
विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अक्षकोषको रकम सहयोगी हुने आमा समूहका अध्यक्ष सपना कंडेलले बताउनुभएको छ । आमा समूहले पूण्यको काम गरेको भन्दै यस रकमको सही सदुपयोग गरिने विद्यालयका प्रधानाध्यापक नवराज काफ्लेले विजय एफएमलाई जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिर्थराज बरालले आमा समूहको योगदानको प्रशंसा गर्नुभएको थियो । मंगलबार नै विद्यालयमा कक्षा १० को अभिभावक भेला, कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना कार्यक्रम गरिएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक टकनारायण रानाले गर्नुभएको थियो भने कार्यक्रममा विद्यालयका शिक्षक लिला ढुङ्गानाले स्वागत गर्नुभएको थियो ।