नारायणी सामुदायिक वनको १२ औँ साधारण सभा सम्पन्न, नयाँ नेतृत्व चयन गरिदैँ ।

२०८१ भदौ ८ शनिबार १९:३७:०० मा प्रकाशित

गैंडाकोट । श्री नारायणी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट ६, ७ र ९ को १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको परिसर गैँडाकोट ७ मा भएको कार्यक्रममा बोल्दै वनका अध्यक्ष दिनानाथ त्रिपाठीले वातावरण मैत्री उद्यान, सिमसार संरक्षणसँगै वन संरक्षणमा जुटिरहेको बताउनुभयो । नारायणी सामुदायिक वनले नाङ्गा डाँडाहरुमा वृक्षरोपण, भू–क्षय न्यूनिकरण, वन अतिक्रमणको न्यूनिकरण, वन्यजन्तुको संरक्षण र जैविक बिबिधताको संरक्षण गर्दै आइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले आफ्नो कार्यकालमा गरिएका काममध्ये उद्यान निर्माण, सिमासार पोखरी निर्माण लगायत रहेको बताउनुभयो । 

नारायणी सामुदायिक वन उपभोक्ता समूहका सचिव उमाकुमारी पाण्डेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वनबाट प्राप्त हुने वन पैदावारको न्यायोचित वितरण, वन स्रोतबाट प्राप्त भएको आम्दानीको समूहको कार्यक्षेत्रमा रहनुभएका उपभोक्ताको जीवनस्तरमा सुधार ल्याउन जीविकोपार्जनका कार्यक्रम सञ्चालन, वन संरक्षण र सम्र्बदनका लागि उपभोक्तासँग सहकार्य गर्दै विभिन्न कार्यक्रम गरिरहेको बताउनुभयो । उहाँले वन संरक्षण सम्वद्र्धन तथा वन विकास कार्यक्रमतर्फ १३ वटा, संस्थागत विकासतर्फ १२ वटा, गरीब विपन्न जीविकोपार्जन सुधार कार्यक्रमतर्फ ४ वटा, वन पैदावर सदुपयोगतर्फ ७ वटा र सामाजिक विकासका ६ वटा कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो । 

आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष नेत्रराज सापकोटाले गतवर्ष १ करोड १९ लाख ७० हजार ६८ रुपैयाँ बराबरको कार्यक्रम गरेको उल्लेख गर्नुभयो । साथै उहाँले चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि १ करोड २७ लाख ६६ हजार ६ सय ८१ रुपैयाँ बराबरको प्रस्तावित बजेट पेश गर्नुभएको थियो । उहाँले हाम्रो वन सम्पूर्ण उपभोक्ताको धन भन्ने नारालाई आत्मसाथ गर्दै अगाडी बढेको बताउनुभयो । आगामी दिनमा अझै उपभोक्तालाई सहज बनाउने र सहकार्य गर्दै अगाडी बढ्ने पनि उहाँको भनाई छ । 

लेखा समितिको प्रतिवेदन लेखा तथा सुपरीवेक्षक संयोजक अग्निप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको थियो । उहाँले समूहले आम्दानी र खर्चको विवरण पारदर्शी राखेको, वन संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको साथै समूह क्षेत्रभित्र सामाजिक र गरीबी निवारण, जीविकोपार्जनका काम गरेको बताउनुभयो । 

साधारण सभामा प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारी वन जोगाउन नारायणी सामुदायिक वनले खेलेको भूमिकाको प्रशंसा गर्दै सबैको सक्रियताले मात्रै त्यो सम्भव भएको बताउनुभयो । २०४८ सालपछि सामुदायिक वनहरुको प्रयासमा हराभरा भएको उल्लेख गर्दै आगामी दिनमा पनि हरियो वन नेपालको धन भन्ने नारालाई सार्थक तुल्याउन सबैले भूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वास लिएको बताउनुभयो । 

गैँडाकोट नगरपालिकाका संस्थापक नगर प्रमुख छत्रराज पौडेलले सामुदायिक विकासका लागि वनको भूमिका अहम् रहेको बताउनुभयो । उहाँले सामुदायिक वनका माध्यमबाट संरक्षण कार्यक्रम, आर्थिक उपार्जन हुनुका साथै रोजगारी सृजना लगायत विकास निर्माण कार्यले समेत मुलुक समृद्धितर्फ अघि बढेको बताउनुभयो ।
 

सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष एवम् वनका पूर्व अध्यक्ष खगराज सापकोटाले स्थानीयको सक्रियतामा नारायणी वनको संरक्षण प्रारम्भ भएको जनाउँदै वनले नमूना कार्य गर्दै अघि बढेको बताउनुभयो । 

सब डिभिजन वन कार्यालय गैँडाकोटका प्रमुख सूर्यसिंह गुरुङ, गैँडाकोटका वन वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक एवं गैँडाकोट २ का वडा अध्यक्ष प्रकाश सापकोटा, ७ का वडाअध्यक्ष होमनाथ सापकोटा, ९ का वडा अध्यक्ष धामनाथ सापकोटा, नन्दन वनका अध्यक्ष हरिमाया अधिकारी, उपभोक्ताका तर्फबाट गुरुप्रसाद कँडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । 

उहाँहरुले सबैसँगको सहकार्यले नै वनलाई संरक्षण गर्न सकिने, पानीको मुहान बचाउन सकिने, जडिबुटी जनावर, चराचुरुङ्गीको संरक्षणमा पनि विशेष मद्दत पुग्ने बताउँदै आगामी दिनमा पनि यसरी नै अगाडी बढ्न आग्रह गरेका थिए ।  

कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष बेदप्रसाद चालिसेले व्यक्त गर्नुभएको थियो । सो अवसरमा वनको संरक्षण र विकासमा सहयोग पु¥याउने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । 

नारायणी वन ४ सय ६६.०२ हेक्टर क्षेत्रफलमा फैलिएकोे छ । वनमा १२ सय १९ उपभोक्ता सदस्य रहेको समूहका कार्यालय सचिव हरिप्रसाद सापकोटाले जानकारी दिनुभयो । 
यसैबीच नारायणी सामुदायिक बन उपभोक्ता समूह गैंडाकोटको पाँचौ नेतृत्व चयन कार्यक्रमबाट नयाँ कार्यसमिति चयन गरिदैँछ । नयाँ कार्यसमिति चयनका लागि नारायण पौडेल संयोजक, गैँडाकोट ९ का प्रेमप्रसाद सापकोटा र गैँडाकोट ७ का प्रेमप्रसाद सापकोटा रहेको निर्वाचन समिति चयन गरिएको छ । समितिले निर्वाचन कार्यक्रम अघि बढाएको छ ।