गैँडाकोट नगरपालिकाले कृषि क्षेत्रमा १ करोड १० लाख रकम विनियोजन

२०८२ असार १७ मंगलबार १६:१०:०० मा प्रकाशित

नवलपरासी पूर्व । कृषि क्षेत्रको विकासका लागि गैँडाकोट नगरपालिकाले १ करोड १० लाख रकम विनियोजन गरेको छ । आर्थिक वर्ष २०८२।८३ का लागि गैँडाकोट नगरपालिकाले करेसाबारी प्रोत्साहन कार्यक्रमका लागि ५ लाख विभिन्न तालिम सञ्चालनलाई ३ लाख, आर्थिक विकास समिति बैठक अनुगमन २ लाख, दिवसिय तथा प्रर्वधन कार्यक्रम तर्फ ५० हजार रुपैँया रकम विनियोजन गरेको छ ।

त्यस्तै, च्याउ घर तथा बिउ वितरण कार्यक्रमको लागि ८ लाख, सानासिंचाई पुर्वाधार निमार्णतर्फ ५२ लाख ५० हजार फुलखेति बीउ वितरणको लागि ३ लाख, मौरी प्रर्वधनतर्फ ५ लाख रुपैँया रकम विनियोजन भएको छ । त्यसैगरि, डिजिटल माटो परिक्षण किट खरिद गर्न ५ लाख, कृषि यान्त्रीकरणको लागि १५ लाख, बेसार उत्पादन कार्यक्रमतर्फ २ लाख, आइ प एमको लागि १ लाख ५० हजार रुपैँया रकम विनियोजन गरेको छ ।

त्यसैगरी, कोदो प्रर्वधन कार्यक्रमतर्फ २ लाख, तोरीको बिउ बितरणको लागि ३ लाख, कृषि प्रविधी संघ प्रदेश लगायत अन्य निकाय समन्वय खर्चको लागि २ लाख र संचार कार्यक्रमको लागि भनेर ५० हजार रुपैया विनियोजन गरेको छ ।