गैँडाकोट नगरपालिकाले पशुपंक्षिको लागि ४२ लाख रकम विनियोजन

नवलपरासी पूर्व । पशुपंक्षिको लागि गैँडाकोट नगरपालिकाले ४२ लाख रकम विनियोजन गरेको छ । आर्थिक वर्ष २०८२।८३ का लागि गैँडाकोट नगरपालिकाले कृतिम गर्भाधान कार्यक्रम अन्तर्गत सिमेन वितरणको लागि ९ लाख, आन्तरिक तथा बाह्य परजिवी नियन्त्रण कार्यक्रमको लागि ८ लाख, साझेदारीमा घाँस काट्ने मेशिन /च्यापकटर वितरणको लागि ३ लाख रुपैँया रकम विनियोजन गरेको छ ।
तेसैगरि साझेदारीमा काउम्याट वितरणतर्फ ५ लाख, पशुपालन कृषक समुहहरुलाई नि:शुल्क ओषधी, भिटामिन तथा मिनरल बितरणको लागि ५ लाख, कार्यक्रम अनुगमन तथा ब्यवस्थापन खर्च तर्फ २ लाख रुपैँया रकम छुट्टाएको छ।
तेस्तेै सामुदायिक कुकुर बन्धाकरणको लागि २ लाख, कृतिम गर्वाधान कार्यक्रमको लागि ४ लाख, प्रयोगशाला सेवाको लागि २ लाख र गा्रमिण पशुपन्छी प्रवद्र्धन कार्यक्रम तर्फ २ लाख रुपैया विनियोजन गरेको छ ।