नारायणी सामुदायिक वनमा मतदानका लागि ११२८ मतदाता कायम 

२०८१ भदौ १३ बिहीबार १६:१४:०० मा प्रकाशित

गैंडाकोट । श्री नारायणी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट ६, ७ र ९ को पाँचौ नेतृत्व चयन कार्यक्रमका लागि मतदान हुने अवस्था आएमा ११२८ मतदाता कायम गरिएको छ । गैँडाकोट ६ बाट ६३ जना, गैँडाकोट ७ बाट ६९३ जना र गैँडाकोट ९ बाट ३७२ गरी ११ सय २८ जना उपभोक्ता सदस्यहरु निर्वाचन प्रक्रियामा समावेश हुन पाउने भएका छन् । 

१२ औँ वार्षिक साधारण सभामा १२ सय १९ उपभोक्ता सदस्य भनिए पनि वारेश नामा, आवश्यक कागजपत्र, नविकरण लगायतका विविध अभिलेखका लागि गरिएको आह्वान अनुसार अन्तिम मतदाता ११२८ कायम गरिएको निर्वाचन समिति संयोजक नारायण पौडेलले जानकारी दिनुभयो । 

नारायणी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोटको पाँचौ नेतृत्व चयन कार्यक्रमबाट नयाँ कार्यसमिति चयन गरिदैँछ । नयाँ कार्यसमिति चयनका लागि नारायण पौडेल संयोजक, गैँडाकोट ९ का प्रेमप्रसाद सापकोटा र गैँडाकोट ७ का प्रेमप्रसाद सापकोटा रहेको निर्वाचन समिति चयन गरिएको छ । समितिले निर्वाचन कार्यक्रम अघि बढाएको छ ।