सुरक्षित गर्भपतनको लागि जवाफदेहिता विषयक अन्तक्रिया

२०८१ असोज ५ शनिबार १९:०३:०० मा प्रकाशित

चितवन ।  बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले सुरक्षित गर्भपतनका लागि अझै व्यवस्थित नीति तथा व्यवस्था गरिने बताउनुभएको छ ।  स्वास्थ्य लाइभ मिडियाको आयोनामा चितवनमा भएको मिडिया सचेतना ः सुरक्षित गर्भपतनको लागि जवाफदेहिता विषयक अन्तक्रिया कार्यक्रममा उहाँले असुरक्षित गर्भपतनकै कारण ७ प्रतिशत महिलाले मृत्युवरण गर्नुपरेको बताउँदै त्यो कम गर्न सुरक्षित गर्भपतनका लागि अझै व्यवस्थित गर्नेतर्फ लाग्ने बताउनुभएको हो । 

भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले चेतना नपुगेकै कारण असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढीरहेकोले त्यसलाई रोक्न सबै जुट्नुपर्ने बताउनुभयो ।

स्वास्थ्य लाइभ मिडियाका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा, भरतपुर अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुनिलमणि पोखरेल, स्वास्थ्य निर्देशनालय हेटौंडाका दिपक तिवारी, जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेती, भरतपुर महानगरपालिका स्वास्थ्य शाखा प्रमुख केशव भट्ट, मेरी स्टोप्सका प्रतिनिधि कुमार आचार्य लगायतले सुरक्षित गर्भपतनको अवस्था, समस्या, चुनौति र अवसरसँगै सुरक्षित गर्भपतका लागि आआफ्नो तवरबाट भएका प्रयास र भूमिकाबारे धारणा राख्नुभएको थियो ।