नन्दन वन नीति र विधिमा चल्छ
वि.सं. २०५१ सालबाट संरक्षण कार्य सुरु भइ वि.सं. २०६४ सालमा समुदायमा हस्तान्तरण भएको गैंडाकोट ८ मा रहेको नन्दन सामुदायिक वनले वन संरक्षणको अभियानमा क्रियाशील रहेको छ । ४३५ दशमलब ५६ हेक्टर क्षेत्रफलमा फैलिएको नन्दन सामुदायिक वनले वनको संरक्षण, वनपैदावरको सदुपयोग, वातावरण संरक्षण, रोजगारिको सिर्जना तथा सामाजिक विकासका कामहरु गर्दै आएको छ । यस सामुदायिक वनमा १५ सय ९५ घरधुरीका उपभोक्ता सदस्य आवद्ध छन् । यस नन्दन सामुदायिक वनले वन संरक्षणको अभियानमा अबको बाटो कुन लय र गतिमा अघि बढाउँदै छ ? सामुदायिक वनले के कस्ता कार्यक्रम मार्फत अघि बढ्दै छ ? भनेर सहकर्मी श्रीधर उपाध्यायले नन्दन सामुदायिक वनका अध्यक्ष हरिमाया अधिकारीलाई सोध्नुभएको छ ।