लायन्स क्लब अफ गैँडाकोटको बृहत निःशुल्क आँखा शिविरबाट १ सय १५ जना लाभान्वित

२०८१ चैत ७ शुक्रबार २०:१५:०० मा प्रकाशित

नवलपरासी पूर्व । लायन्स क्लब अफ गैँडाकोटले शुक्रबार गँैडाकोट १८ मा गरेको बृहत निःशुल्क आँखा शिविरबाट १ सय १५ जना लाभान्वित भएका छन् । गैँडाकोट १८ दमार वडा कार्यालय परिसरमा भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।

वरिष्ठ नेत्र सहायक अलिश तामाड्डको टोलीले शिविरमा आँखा परिक्षण गरेको हो । सो परिक्षणमा  १ सय १५ जना मध्ये १८ जनामा मोतियाबिन्दु देखिएको र ४ जनाको आँखामा मासु पलाएको पाइएको वरिष्ठ नेत्र सहायक तामाड्डले जानकारी दिनुभयो । 


विभिन्न सामाजिक लोककल्याणकारी कार्य गर्दै आइरहेको लायन्स क्लब अफ गँैडाकोटले जनस्वास्थ्यको क्षेत्रलाई बढी प्राथमिकतामा राखेर कार्य गर्दै आइरहेकोे लायन्स क्लब अफ गँैडाकोटका अध्यक्ष यदुनाथ सापकोटाले बताउनुभयो ।


कार्यक्रममा लायन्स क्लबका डिस्टिक चिप गोविन्द सुवेदी, समाजसेवी वेदप्रसाद गौडेल, शालिकराम सापकोटा, उत्तम प्रधान, शान्ति सापकोटा लगायतको उपस्थिती रहेको थियो ।