जयश्री फुड्स गैँडाकोटमा २० गते रक्तदान कार्यक्रम हुने  

रक्तदान गर्न आयोजकको आग्रह

२०८२ बैशाख १४ आइतबार १७:३८:०० मा प्रकाशित

बैशाख १४,गैँडाकोट । जयश्री फुड्स प्रा.लि. एवं जयश्री च्यारिटी नेपालले यहि वैशाख २० गते बृहत रक्तदान कार्यक्रमको आयोजना गर्दैछ ।

गैँडाकोट ९ स्थित जयश्री फुड्स प्रा.लि.को प्राङ्गणमा वैशाख २० गते शनिबार बिहान ७ बजेदेखी रक्तदान कार्यक्रमको आयोजना गरिएको जयश्री फुड्सका सञ्चालक एवं जयश्री च्यारिटी नेपालका अध्यक्ष पवनकुमार अग्रवालले जानकारी दिनुभयो । बढ्दो रक्तअभावलाई पूर्ति गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो । उहाँले उद्योग स्थापना भएको १२ औँ वर्ष पुरा गरी १३ औँ वर्ष प्रवेशको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । 


रक्तदान कार्यक्रममा उपस्थित भई रक्तदान गरी मानवीय सहयोग जस्तो पुण्य कार्यमा सरिक भइदिनहुन योग्य रक्तदातालाई जयश्री फुड्सका व्यवस्थापक अमित अग्रवालले आग्रह गर्नुभएको छ ।  यस गर्मीयाममा चितवन, नवलपुर तथा देशैभर भएको रक्त अभावलाई केही हदसम्म भएपनि यसले रगत पूर्ति गर्ने विश्वास लिइएको छ । ‘प्रबल जनसेवाश्री’ मानपदवीबाट विभूषित व्यवसायी पवनकुमार अग्रवालले उद्योग र च्यारिटी दुवै सञ्चालन गर्नुभएको हो ।