ईलाका प्रहरी कार्यालय आँबुखैरेनीद्धारा लागु औषध अभियान परीक्षण
2025-05-13-05-54-12.jpeg)
तनहुँ । ईलाका प्रहरी कार्यालय आँवुखैरेनी तनहुँको आयोजना तथा आँबुखैरेनी गाउँपालिका र आँवुखैरेनी अस्पतालको प्रशासनिक तथा प्राविधिक सहयोगमा तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटार स्थितमा “लागु पदार्थ सेवन परीक्षण” शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ ।
आँवुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको प्रमुख आतिथ्यतामा इलाका प्रहरी कार्यालय आँवुखैरेनीका प्रमुख प्रहरी निरीक्षक टेक प्रसाद सुवेदी, आँवुखैरेनी गाउँपालिका वडा नं. ३ का स्थानिय जनप्रतिनिधिहरु, स्थानीय बुद्धिजिबीहरु, पत्रकार लगायतको सहभागितामा सवारी दुर्घटना न्युनिकरण तथा सुरक्षित यात्राका लागी पृथ्वी राजमार्ग सडक-खण्डमा संचालन हुने सम्पूर्ण सार्वजनिक तथा निजी सवारी चालकहरुलाई केन्द्रीत गरी “लागु पदार्थ सेवन (ला.प.से.)परीक्षण” कार्यक्रम शुभारम्भ भएको थियो ।
सोहि अवसरमा इलाका प्रहरी कार्यालय आबुखैरेनी तनहूँको प्रहरी टोलीले “लागु पदार्थ सेवन परिक्षण” अभियानलाई सफल बनाउनको लागि आँबुखैरेनी गाउँपालिका तनहुँ, सम्पूर्ण आवुखैरेनी स्थित स्थानिय बासिन्दाहरु, सडक खण्डमा आवत जावत गर्ने सार्वजनिक तथा निजी सवारी चालक तथा यात्रुहरुलाई सक्रियताका साथ सहयोग गरी सार्थकता प्रदान गरिदिन हुन समेत अनुरोध गरेको छ ।