गैडाकोटमा सातौ उपमेयर कप अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिता जेठ ३ गते बाट शुरु हुने

२०८२ जेठ १ बुधबार १८:१३:०० मा प्रकाशित

नवलपरासि पुर्व । नवलपरासि पुर्व गैडाकोटमा सातौ उपमेयर कप अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिता हुने भएको छ ।  
गैडाकोट नगरपालिका नगर खेलकुद विकास समितिकोे आयोजनामा गैडाकोट नगरपालिकाको सभाहलमा बुधवार पत्रकार सम्मेलनमा ट्रफि अनबरण गर्दै समितिका अध्यक्ष धामनाथ सापकोटाले राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ जेष्ठ ३ गते देखि ७ गतेसम्म संचालन हुने प्रतियोगितामा गैडाकोटमा रहेका सामुदायिक र संस्थागत गरि १९ वटा बिद्यालयको सहभागिता रहने बताउनु भयो । 

 

 

प्रतियोगितामा उपाधि विजेताले नगद ५१ हजार रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र  तथा उपविजेता टिमलाई नगद ३५ हजार रुपैया, शिल्ड, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष सापकोटाले बताउनु भयो ।
त्यसैगरी सान्त्वना स्थान हाँसिल गर्ने २ वटा टिमलाई नगद १७/१७ हजार रुपैँया प्रदान गरिने छ । त्यस्तै बेष्ट गोलकिपर, बेष्ट मिडफिल्डर,बेष्ट डिफेन्स,बेष्ट प्लेयर, बेष्ट स्ट्राइकर र प्लेयर अफ दि म्याचलाई समेत नगद पुरस्कार प्रदान गरिने सापकोटाले बताउनु भयो ।
अध्यक्ष सापकोटाले समितिले अगामि दिनमा राष्ट्रिय स्तरका,प्रदेश स्तरका ,पालिका स्तरका र वडास्तरका प्रतियोगिता पनि खेलाउने जानकारि गराउनु भएको थियो ।

 

गैडाकोट १० मा रहेको सुनगाभा युवा क्लब सह–आयोजक भएको प्रतियोगितामा कक्षा १० सम्म अध्ययन गर्ने १८ बर्ष मुनिका छात्राहरुले मात्र भाग लिन सक्ने  र एउटा टिममा १६ जना खेलाडि समाबेश हुने प्रतियोगिताको संयोजक तथा नगर खेलकुद विकाश समितिको सदस्य डिलकुमारि घिमिरे (दुर्गा)ले बताउनु भयो । संयोजक घिमिरेले प्रतियोगितामा सहभागि प्रत्येक खेलाडिलाई रु एक लाख बराबरको बिमा गरिएकोे बताउनु भयो  ।
बिद्यालयले खेल खेल्न खेलाडी पठाइदिनुहुन्छ, स्थानीय, प्रदेश र केन्द्रमा जति धेरै कार्यक्रमहरू हुन्छन् त्यति नै धेरै खेलाडी उत्पादन हुने सम्भावना बढ्ने घिमिरेले बताउनुभयो ।


गैँडाकोट नगरपालिका वडा नं. ११ मा रहेको भेडाबारी खेलकुद मैदानमा जेठ ३ गते दिउसो ४ वजे गैँडाकोट नगरपालिकाका उपमेयर शान्ति कोइरालाले छात्रा फुटवल प्रतियोगिातको उद्घघाटन गर्ने कार्यक्रम रहेको छ । टाईसिट प्रकासन अनुसार उद्घघाटन खेलमा जनक नमूना माध्यामिक विद्यालय गैँडाकोट ५ र बालज्योति माध्यामिक विद्यालय गैँडाकोट १८ विच खेल हुनेछ । 


गैँडाकोट नगर खेलकुद विकास समितिका अध्यक्ष धामनाथ सापकोटाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सदस्य गजेन्द्र बन सन्यासी,गौरबभक्त गुरुङ्ग, रोशन दर्लामि मगर,नेराश माविका प्राचार्य इन्द्रराज भट्टराई लगायत खेलकुद प्रेमि ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनको सहजिकरण गैडाकोट नगर खेलकुद विकास समितिका सदस्य सचिव रामप्रसाद अधिकारीले गर्नु भएको थियो ।


गतवर्ष सम्पन्न छैँठौ उपमेयरकम अन्तर विद्यालय छात्रा फुटवल प्रतियोगिताको उपाधी जनक नमूना माविले उचालेको थियो ।