नेपाल औषधि लिमिटेड र भरतपुर अस्पतालबीच सम्झौता

चितनवन । चितनवनस्थित भरतपुर अस्पताल र नेपाल औषधि लिमिटेडबीच औषधि आपूर्ति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
अस्पताल र लिमिटेडबीच आगामी आर्थिक वर्षका लागि विभिन्न औषधि आपूर्ति गर्ने विषयमा सम्झौता भएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा कृष्णप्रसाद पौडेल र लिमिटेडका महाप्रबन्धक कैलाश कुमरा पनेरुबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार लिमिटेडले २०८२ साउन १ गतेदेखि २०८३ को असार मसान्तसम्म अस्पताललाई सिटामोल, जीवन जल र फोलिक एसिड लगायतका औषधि उपलब्ध गराउने छ ।