३८ हजार नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ

२०८२ श्रावण २१ बुधबार १२:१८:०० मा प्रकाशित

काठमाडौँ । प्रहरीले सुनसरीको कोशी गाउँपालिका-८ स्थित भिमनगर बोर्डर पोस्टबाट १ हजार दरको ३८ थान नक्कली नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको हनुमान क्रंकालिनी नागरपालिका-२ घर भएका २६ वर्षीय राजेश कुमार रजक र हनुमान कंकालिनी-१ घर भएका २५ वर्षीय राजेश चमार रजक रहेका  जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिनुभएको छ । उनीहरू लु‍.९२ प २३८० नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आएका थिए । आरोपीहरूले सो रकम ‘अर्कै व्यक्तिले दिएको’ बयान दिएका छन् । उनीहरूलाई रकम दिने व्यक्तिबारे अनुसन्धान भइरहेको डीएसपी खतिवडाले जानकारी दिनुभएको छ ।