चितवनमा लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावोसाती सरुवा

चितवन । नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख रामकुमार श्रेष्ठको सरुवा भएको छ । गत साउन १० गते विद्युत आपूर्ति कट्टौती गर्ने एक दिने सूचना लोडसेडिङ कै झल्को दिने गरी प्रकाशन गरेका श्रेष्ठलाई प्राधिकरणले मंगलबार पूर्वी नवलपरासीको सदरमुकाम कावोसाती सरुवा गरेको हो ।
चनौली वितरण केन्द्रअन्तर्गत पश्चिम चितवनको माडी, जगतपुर, शुक्रनगर, विजयनगर, रामपुर तथा पूर्वी चितवनका विभिन्न स्थानमा विद्युत आपूर्तिको समस्या देखिएको थियो । माग अनुसारको विद्युत सप्लाई हुन नसकेपछि श्रेष्ठले लोडसेडिङ सम्झाउने गरी तालिका प्रकाशन गरेका थिए । त्यसपछि प्राधिकरणको चौतर्फी आलोचना भएको थियो ।